दफा १३
रोजगारदाताको विवरण राख्नु पर्ने
(१) रोजगार सेवा केन्द्रले आफ्नो क्षेत्रभित्र रहेका रोजगारदाताको सूची अद्यावधिक गरी राख्नु पर्नेछ। (२) उपदफा (१) बमोजिम सूची अद्यावधिक गर्ने कार्यमा रोजगार सेवा केन्द्रले स्थानीय तहको अतिरिक्त कुनै सरकारी वा गैरसरकारी निकाय वा सङ्घ संस्थालाई सम्बन्धित स्थानीय तहभित्रका रोजगारदातालाई माग गरिए बमोजिमको विवरण उपलब्ध गराउन लेखी पठाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम रोजगार सेवा केन्द्रबाट लेखी आएमा सम्बन्धित सवै निकायले आफू अन्तर्गतका रोजगारदाताको विवरण वा आफूले गरी आएको काम र त्यस्तो कामको लागि आवश्यक पर्ने जनशक्तिको विवरण तोकिएको ढाँचामा रोजगार सेवा केन्द्रमा उपलब्ध गराउनु पर्नेछ।
(४) रोजगार सेवा केन्द्रले यस दफा बमोजिमको रोजगारदाताको विवरण मन्त्रालय र सम्बन्धित प्रदेश सरकारलाई पठाउनु पर्नेछ।
(५) रोजगारदाताको विवरण सङ्कलन तथा अद्यावधिक सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।